४ पुष २०८१, बिहीबार | Thu Dec 19 2024

परराष्ट्रमन्त्री डा. राणा दिल्लीमा

४ पुस, काठमाडौँ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छन् । बर्लिन, जर्मनी हुदैँ आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् ।

परराष्ट्र मन्त्री राणालाई नयाँ दिल्लीमा नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन्।

केही दिन भारतमा रहने राणाले समकक्षी एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने सम्भावित कार्यसूची रहेको बुझिएको छ ।

उनी शुक्रबार दिल्लीमा हुने इन्डो-नेपाल इकोनोमिक कन्फरेन्समा सहभागी हुनेछिन्। त्यसपछि उनले पुस ६ गते आफ्नो स्वास्थ्य फलोअप गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १३:१२