१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

नुवाकोटका राजेन्द्र घिमिरे “सागर”को आँखाका भाषाहरु गजल सङ्ग्रह सार्वजनिक

काठमाडाैँ । नेपाल प्रज्ञाप्रतिष्ठानमा प्रतिष्ठानकै सदस्य सचीव प्रा.जगत प्रसाद उपाध्याय प्रेक्षित ज्युको प्रमुख आतिथ्यमा सम्पन कार्यक्रमको सभापतित्व देवेन्द्र अर्याल “आशु “ले र कार्यक्रमा डा.घनश्याम न्यौपाने “परिश्रमी ” गजलको सङ्ग्रहको समिक्षा गर्नुभएको थियो । निश्चल घिमिरे को स्वर /संगीतमा रेकर्डिङ यसै गजल सङ्ग्रहको “गाजली लाई आज हेरेर टोलाए ” बोलको गजल बजाएर उद्घाटन गरिएको यो कार्यक्रममा रबिना घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन देश प्रेम, माया प्रेम, सामाजिपरिवेश ,प्रकृतिको महिमा ,विविध विषयमा लेखिएको छ। वक्ता हरुले यो गजल सङ्ग्रहले गजल पारखिहरुको अवश्य मन जित्ने कुरा बताए ।

उक्त कार्यक्रममा गजलकारले आफुलाइ यो स्थानमा पुराउन महत्त्वपूर्ण भुमिका निभाउने चार जाना साहित्यकार बिष्णु प्रभात, गजलकार राम बहादुर पहाडी र डा.घनश्याम परिश्रमी र आफ्नी जिवन संगीनि देवी पन्त लाई प्रमुख अतिथिबाट दोसल्ला ओढाएर सम्मान गर्न लगाएका थिए । यस कार्यक्रममा कवि श्रीहरी फुयल , समाजसेवी ,उधोगी डा. तारा प्रसाद पोखरेल र शोभाकर (हरि)न्यौपाने ,आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल ,गो.प.मधुपर्कका प्रधान सम्पादकका सथै समालोचक युवराज मैनाली ,राजन न्यौपाने ,लव गाउले ,कलानिधी दाहाल ,सरस्वती गौतम,दिपक घिमिरे , लागयत थुप्रै बरिस्ठ साहित्यकार हरुको उपस्थिति सगै खचाखच अन्य महनुभावहरुको बिचमा भव्य र सभ्य रुपमा लोकार्पण भएको थियोे ।

सो अवसरमा अफ्नो भनाइ राख्दै गजलकरले यो बिसाल उपस्थितिले आफुलाई अझै जिम्मेवार हुन प्रेरित गरेको र साहित्यिक क्षेत्रमा अगिबढ्न प्रेरणा मिलेको बताउदै अब आफ्नो कृती समाज र देशको सम्पती रहेको उल्लेख गर्दै समाजकै लागी आफुले सधै कलम चलाउने बताए । नुवाकोटको ककनी गा पा २ स्थायी घर भएका उनि सरकारी सेवामा कार्यरत छ्न। आँखाका भाषाहरु गजल सङ्ग्रह पढेर सुझाव दिन सबै पाठकलाई आग्रह समेत गरेका छ्न ।

 

प्रकाशित मिति : १४ पुष २०७५, शनिबार २३:४७