कृषि विकास बैंकद्धारा लाभांश घोषणा
४ पुस, काठमाडाैँ । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश रहेको छ।
बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने गरी नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।
प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १०:५१