१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

कांग्रेसका पुराना नेता चितामा जलिराख्दा सहमहामन्त्री महत नेविसंघको अधिवेशन उद्घाटनमा मस्त

१४ पुस, ताप्लेजुङ । राजनीतिमा बिरलै देखिने घटना ताप्लेजुङमा शनिबार देखियो । नेपाली कांग्रेसमा माैलाएको यो शैलीलाई पछिल्लो समय महत प्रवृतिको रूपमा चित्रित गरिने रहेछ । कांग्रेसकै एक जना पुराना नेताको शनिबार निधन भयो । ताप्लेजुङको सिदीङबा गाउपालिका ६ का कांग्रेसको वर्तमान सभापति जो जिल्ला कार्यसमितिमा पूर्व सदस्य समेत हुन । लामो समय कांग्रेसको राजनीतिमा विताएको भण्डारीको ह्दयघातका कारण निधन भएको थियो ।

भण्डारीको शनिबार नै काबेली खोलमा अन्त्येष्टि गर्ने कार्यक्रम थियो । जसको जानकारी सहमन्त्री महतसहित जिल्लाका सबै नेतालाई भयो तर पनि नेपाल विद्यार्थी संघको अधिवेशन उद्घाटनको कार्यक्रम स्थागित भएन । कारण थिए । सहमहामन्त्री डा प्रकाशशरण महत । जिल्लाका नेताहरूले कार्यक्रम स्थगित गर्न वा शोकसभामा परिणत गरेर अन्त्येष्टिमा जाने प्रस्ताव गरे तर डा महतले अाफ्नो व्यस्तता देखाउँदै कार्यक्रम स्थगित गर्नेमात्र नभइ उद्घाटन नै गरे ।

त्यही पार्टीमा जीवन समर्पण गरेको एउटा स्थापित नेताको अन्त्यष्टि चलिरहँदा पनि काग्रेसले शोक मनाउन नसकेको भन्दै पार्टीका केही नेता स्तब्ध देखिए । यद्यपी यहामहामन्त्रीका कारण उनीहरू पनि अन्त्यष्टि छाडेर नेविसंघको अधिवेशन उद्घाटनमै बसे । उनीहरू कस्तो डरलाग्दो प्रवृति भन्दै अचम्मित बनिरहेका थिए ।

प्रकाशित मिति : १४ पुष २०७५, शनिबार २२:२०