३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

२ पुस, काठमाडौँ । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूती गर्ने सम्झौता भएको छ । आईएमईले प्रति सेयर  एक सय रूपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापत १२ करोड ५० लाख ६६ हजार ७ रूपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग सम्झौता भएको हो ।

उक्त सम्झौतामा कोषको कार्यकारी निर्देशन पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहनेछ ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार ११:४१