३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

२ पुस, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा दुई सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार ११:०७