सार्वजनिक प्रसारण संस्थाको अध्यक्षमा डा महेन्द्र विष्ट नियुक्त
१ पुस, काठमाडाैँ । सरकारले सार्वजनिक प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) को पहिलो अध्यक्षमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्टलाई नियुक्त गरेको छ । लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा डा विष्टलाई सरकारले अध्यक्षमा नियुक्त गरेको हो ।
डा विष्ट यसअघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष समेत हुनुहुन्थ्यो । सरकारले कानुन बनाएर नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरेर सार्वजनिक प्रसारण संस्था गठन गरेको हो ।
अध्यक्षको सिफारिसमा डा विष्टसँगै लक्ष्मण हुमागाइ र चिन्तामणि बराल सिफारिस हुनुभएको थियो।
प्रकाशित मिति : १ पुष २०८१, सोमबार १९:०८