कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै पाकिस्तानमाथि नेपालको जित
१ पुस, काठमाडौं । एसिसी यू-१९ महिला एसिया कपमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल सुपर-४ मा प्रवेश गरेको छ।
समूह ‘ए’ मा पाकिस्तानले लगातार दुई खेलमा पराजय भोगेर बाहिरिएसँगै नेपाल समूहको अन्तिम खेलअघि सुपर-४ मा पुगेको हो। समूहमा यसअघि भारतले पाकिस्तानलाई पराजित गरेको छ।
पाकिस्तानको १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।
पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् ।
नेपालले भोलि भारतसँग खेल्ने छ ।
प्रकाशित मिति : १ पुष २०८१, सोमबार १५:१३