१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

ग्लोबल आईएमई बैंकको नवलपरासी र पाल्पामा थप ३ शाखारहित बैंकिङ सेवा सञ्चालन

१४ पुस, काठमाडौँ । ग्लोबल आईएमई बैंकका थप ३ वटा  शाखारहित बैंकिङ सेवा सञ्चालनमा अाएका छन् । बैंकले मंगलबारदेखि नवलपरासी बर्दघाट–सुस्ता पूर्वजिल्लाको मध्यविन्दु नगरपालिका–१५ हर्बस्टारमा ११३ औैं शाखा सञ्चालनमा ल्याएको छ भने बुधवारदेखि  नवलपरासीकै कावासोती नगरपालिका–१७ गोछडामा ११४ औं र बिहीवारदेखि पाल्पा जिल्ला रम्भा गाउँपालिका–१ हुँगीमा ११५ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

तीनै शाखारहित बैंकिङ सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्विजीवी तथा स्थानीयको रोहवरमा भएको छ । हर्बस्टार र गोछडामा खोलिएको शाखारहित बैंकिङ सेवा बैंकको कावासोती शाखा र हुँगीमा खोलिएको शाखारहित बैंकिङ सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छन् । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीश होम, सीडीएमए र यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १४ पुष २०७५, शनिबार २०:१४