१ पुष २०८१, सोमबार | Mon Dec 16 2024

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

१ पुस, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रारम्भिक चरणको अन्तिम खेलमा सोमबार कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर १०१ रन बनाएको हो ।

प्ले अफ चरणमा पुग्न आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको खेलमा पनि कर्णाली याक्सका माथिल्लो क्रमका ब्याट्सम्यानहरूले गतिलो प्रदर्शन गर्न सकेनन् ।

कर्णालीका लागि ओमानी खेलाडी जिासन मकसुदले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए भने कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट नै लिए ।

प्रकाशित मिति : १ पुष २०८१, सोमबार १०:५०