१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

दुई सवारी साधन एक आपसमा ठोक्किएर भएको दुर्घटनामा सात जनाको मृत्यु

१४ पुस, काठमाडाैँ । उत्तरी भारतीय राज्य हरियानामा भएको सडक दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । तीव्र गतिमा रहेका दुई सवारी साधन एक आपसमा ठोक्किएर शनिबार भएको दुर्घटनामा कम्तीमा सातको मृत्यु हुनुको साथै अन्य चार जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

हरियाना राज्यको प्रान्तीय सहर चण्डीगढबाट ४५ किलोमिटर टाढा पर्ने अम्बाला जिल्लामा दुर्घटना भएको प्रहरी स्रोतले प्रष्ट गरेको छ । अम्बालाबाट चण्डीगढसम्मको राजमार्गमा पर्ने ठाउँमा भएको दुर्घटनामा परी घटनास्थलमा नै सात जनाको मृत्यु भयो भने अरु चार जना घाइते भएका स्थानीय एक प्रहरीले जानकारी दिएका थिए ।

घाइतेलाई उपचारका लागि तत्कालै नजिकैको अस्पताल पु¥याइएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकाहरु चन्डीगढको छिमेकीमा पर्ने उत्तर प्रदेश राज्यको बृन्द्राबनतर्फ जाँदै थिए ।

प्रकाशित मिति : १४ पुष २०७५, शनिबार १७:२८