३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

एजेण्डाबिहीन भएपछि प्रदेश नं २ को प्रदेशसभाको बैठक सूचना टाँसगरी स्थगित

६ चैत, धनुषा । प्रदेश नं २ को मंगलबार बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ । संसद् सचिवायलयले सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित गरिएको जानकारी दिएका छन् । प्रदेशसभाको अर्को बैठक चैत १२ गते बोलाइएको छ ।

योभन्दा पहिले फागुन २७ गते बैठक बसेको थियो । प्रदेशसभामा छलफल गर्नका लागि एजेण्डा नभएको कारण १० दिनका लागि स्थगित गर्दै मंगलबार बैठक बोलाइएको थियो ।

प्रदेश सरकार अहिलेसम्म छलफलका लागि कुनै विधेयक दर्ता नगराएको कारण प्रदेशसभामा कुनै एजेण्डा नरहेको कारण मंगलबारको बैठक स्थगित गरिएको बताइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार २०:१३