२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला

२८ माघ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी आरोपमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको छ ।

बिहीबार जिल्ला अदालत मोरङ सरकारी वकिलको कार्यालयमा २६ जनाविरूद्ध मुद्दा दायर भएको हो। अहिलेसम्म तीन जना मात्रै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सरकारी वकिल कार्यालयका अनुसार उक्त सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ। अञ्जला उक्त सहकारीकी पूर्व सञ्चालक हुन्।

दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला

देउखुरी (दाङ), २८ मङ्सिरः यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् ।

घोराही उपमहानगरपालिका – १२ डाँडागाउँका सात जनाले उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन् । सोसेक नेपाल नामको संस्थाले मेसिनबाट दुनाटपरी बनाउने तालिम दिएर मेसिन राख्ने घर बनाइदिएपछि गत भदौदेखि व्यावासायिक रुपमा दुनाटपरा बनाएर बेच्न थालेको समूहका अध्यक्ष पुष्पा चौधरीले बताउनुभयो ।

सोही समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताउनुभयो । उहाँले भदौयता दुई हजार दुनाटपरी बिक्री गरेर रु १० हजार आम्दानी गरेको बताउनुभयो । उहाँमात्र होइन उहाँको समूहका सबैले यन्त्र प्रयोग गरेर दुनाटपरी बनाउने गरेका छन् ।

सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गराै भन्ने सोच भएका महिलालाई छनोट गरेर सीपमूलक तालिम दिएको बताउनुभयो । महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सीपसहितको बीउपुँजी पनि उनीहरूलाई प्रदान गरिएको छ ।

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलालाई आत्मनिर्भर बनाउन पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १२:०३