२७ मंसिर २०८१, बिहीबार | Thu Dec 12 2024

ललितको सानदार बलिङमा १०१ रनमा रोकियो काठमान्डु

२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले जनकपुर बोल्ट्स सामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौँले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको हो ।

काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । सो क्रममा उनले दुई चौकासमेत प्रहार गरे । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

काठमाडौँको लागि शाहब आलम र माइकल लेविटले समान आठरआठ, रासिद खानले सुात, प्रतिक श्रेष्ठले छ, भीम सार्कीले चार र डेन डउथवेटले एक रन बनाए । यो खेलमा काठमाडौँले अतिरिक्त ११ रन पाएको छ ।

जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीनरतीन विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अर्निको यादव र किशोर महतोले एकरएक विकेट हात पारे । अहिले जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार १४:४४