टुकुचाले कमलादीको सडकमा बनाएको भ्वाङ चार महिनामा टालियो, आजबाट गाडी कुद्ने
२७ मंसिर, काठमाडौँ । टुकुचा खोलाले कमलादीको सडमा पारेको भ्वाङ चार महिनापछि टालिएको छ । देशको राजधानीमै सडमा परेको एउटा भ्वाङ टाल्न चार महिना पूरा लागेको छ । साउन २५ मा बाढीले पारेको भ्वाङ टालेर मंसिर २७ गतेदेखि सवारी सञ्चालन सुरू गरिएको छ । सवारी सञ्चालन अघि बिहीबार बिहान पुनर्निर्माण गरिएको सडक पखालिएको छ ।
साउन २५ मा आएको बाढीले सडकमा भ्वाङ परेको थियो । काठमाडौँ महानगरपालिका र संघीय सरकारको विवादका कारण भ्वाङ परेर पनि साढे दुई महिना बार लगाएर मात्र राखिएको सडक त्यसपछि ४९ लाख रुपैयाँमा ठेक्का लगाइ कात्तिक २ बाट निर्माण थालिएको थियो ।
सडकले काठमाडौँ महानगरपालिकाको वडा नम्बर १ र वडा नम्बर २८ लाइ जोडेको छ ।
प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार ०९:५९