२७ मंसिर २०८१, बिहीबार | Thu Dec 12 2024

अपराजित जनकपुरको लजास्पद हार, सुदूरपश्चिमको सहज जित

२६ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो ।

बुधबार दिनको पहिलो खेलमा सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रनमै अलआउट भयो।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह र इशान पाण्डेले दुईदुई, सैफ अली जैव, स्कट कुगेलेइन र नरेन साउदले एकएक विकेट लिए । सुदूरपश्चिमका कुनै पनि बलर विकेटविहीन भएनन् ।

जनकपुरका जोसुआ ट्रोम्पले सर्वाधिक १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार १२:०९