एनपीएल: जनकपुरविरुद्ध १२३ रनमै रोकियो सुदूरपश्चिम
२६ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन मात्र जोड्न सक्यो।
सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले ३३ रनको योगदान दिए । साथै उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै, सुदूरपश्चिमका स्कट कुगेलेइन आरिफ शेख ६, नरेन साउद ३, हर्मित सिंह १, ब्रान्डन म्याकमुलेन ११, कप्तान दीपेन्द्रसिंह ऐरी ०, इशान पाण्डे १७ रनमा आउट भए । अभिनास बोहरा २ र नरेश बुढाएर ९ रनमा अविजित रहे ।
नेपालका किशोर महत्तोले ४, अरनिको यादव र शेर मल्लले २–२ विकेट लिए । क्यानडाका हर्ष थाकरले एक विकेट लिए भने ४ ओभर बलिङ गरेका किशोरले ३५ रन खर्चेर विकेट लिए ।
प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार १०:४६