९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क

२६ मङ्सिर, मन्थली  । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ ।

सुनापति गाउँपालिका–४ बेथान र वडा नम्बर ३ हिलेदेवीको सङ्गमस्थल सेल्फी डाँडामा निर्माण गरिएको डम्फु पार्कमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

पार्कभित्र निर्माण गरिएको डम्फु र टुङ्ना अनि यो पार्कबाट देखिने दृश्य अवलोकनका लागि पार्कमा मानिस आउने गरेका छन् । लुभ–बेथान– हिलेदेवी–गाल्वा सडकअन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कमा अहिले फोटो खिच्ने, टिकटक बनाउने, पर्यटकीय गन्तव्य सैलुङ, दोलखाको गौरीशङ्कंर हिमाललगायत क्षेत्रको दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

तामाङ समुदायको बाहुल्यता रहेको यो ठाउँमा सुनापति गाउँपालिकाले रु २१ लाख बजेट खर्च गरी तामाङ जातिको संस्कृति झल्किने गरी तीन वर्षअघि डम्फु पार्क निर्माण गरिएको गाउँपालिकाका अक्यष ठूलो कान्छा तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले निर्माण गरिएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार १०:२९