११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

तीनवटा संसदीय समितिको बैठक आज, यस्ता छन् कार्यसूची

२६ मंसिर, काठमाडौँ । बुधबार तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जस अनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्न लागेको हो । उक्त बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्री समेतको उपस्थितिमा छलफल हुनेछ । साथै मुलुकको समग्र आर्थिक प्रणालीमा राजश्व सङ्कलनको अवस्था तथा भन्सार कार्यालयहरूले व्यहोर्नुपरेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपायका विषयमा समेत छलफल हुने कार्यसुची रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भने बिहान नै ११ बजे बस्ने भएको छ । यस बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल हुने तथा दिउँसो २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । जसमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार ०९:४३