२५ पुष २०८१, बिहीबार | Fri Jan 10 2025

सानिमा माइ हाइड्रोपावरको लाभांश घोषणा

२५ मंसिर, काठमाडौं । सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । सोमबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गते शेयरधनी किताब खाता बन्द गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, कम्पनीले लाभांश प्रस्ताव पारित लगायतका एजेन्डासहित आगामी पुस २८ गतेका लागि साधारण सभा समेत बोलाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार ११:५५