३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

१२.८४ अंकले घट्यो नेप्से, ५ अर्ब ६२ करोडको सेयर किनबेच

२४ मंसिर, काठमाडौँ ।  साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक घटेको छ । नेप्से १२.८४ अंकले घटेर २६७६ बिन्दुमा ओर्लिएको छ

सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६२ करोड रुपैयाँको भएको हो ।

त्यस्तै, सोमबार ९२ कम्पनीको मूल्य बढ्दा १३८ को घटेको छ भने १३ को स्थिर रहेको छ ।

यसदिन इमर्जिङ नेपालको मूल्य सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३१६ रूपैयाँ कायम भएको छ।

मिथिला लघुवित्तको मूल्य ७.१४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ४०० रूपैयाँ पुगेको छ भने स्वाभिमान लघुवित्तको मूल्य  सर्वाधिक १० प्रतिशतले घटेको छ।

दोस्रोमा खानीखोला हाइड्रोपावरको मूल्य ८.२१ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३२ रूपैयाँ ९० पैसा कायम भएको छ।

यस दिन एनआरएन इन्फ्रास्टक्चरको भने सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १८२ रूपैयाँमा ३५ करोड २७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३८१ रूपैयाँमा २७ करोड ९१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।

सोमबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार १५:४०