२६ पुष २०८१, शुक्रबार | Fri Jan 10 2025

हिमालयन डिस्टिलरीको लाभांश घोषणा

२४ मंसिर, काठमाडौं । हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको साधारणसभाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साथै कम्पनीले लाभांश वितरणका लागि पुस १९ गते बुक क्लोजको मिति तय गरेको छ ।

पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश लिन र साधारणसभामा भाग लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३२० रुपैयाँ हाराहारी छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार ११:५२