२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सहकारी ठगीका मास्टरमाइन्ड रविका विरूद्धमा पाँचौँ पक्राउ पुर्जी जारी

१९ मंसिर, काठमाडाैँ । पर्सामा पनि सहकारी ठगीका मास्टरमाइन्ड मानिएका रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । पर्सा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको हो।

गोर्खा मिडियामा वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न अदालतमा अनुमति मागेको हो । लामिछानेसहित १४ जनालाई पक्राउ गर्न बुधबार जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको प्रहरीले जनाएको छ ।गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ ।

प्रकाशित मिति : 16:16