१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

बोक्सी आरोपमा कुटिएकी राधालाई बेलायतमा बस्ने नेपालीद्धारा आर्थिक सहयोग


६ चैत, कैलाली । बोक्सी आरोपमा निर्घात कुटिएकी राधा चौधरीलाई बेलाएतमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

कैलालीे घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई प्रदेशसभा सदस्य चुनकुमारी चौधरीसहित अन्य चार जनाले रु ३६ हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

हाल बेलायतमा बस्दै आएका रामप्रसाद राई, अनुराधा राई र सुस्मा राईले प्रदेशसभा सदस्य चौधरीमार्फत सो रकम सहयोगस्वरुप उपलब्ध गराएको हुन् ।
बोक्सी आरोपी पीडित राधाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले सो रकम हस्तान्तरण गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य चौधरीले आजदेखि ‘कुरीतिविरुद्ध साझा अभियान’को थालनी भएको समेत जानकारी दिइन् ।

सो अवसरमा पीडित चौधरीले गाउँमा बस्ने वातावरण बनाइदिनका लागि सबै पक्षसँग आग्रहसमेत गरिन ।

गत फागुन २४ गते अन्तर्रा्ष्ट्रिय महिला दिवसकै दिन गाउँकै भोले बाबा भन्ने रामबहादुर चौधरीले दुई महिला सहयोगीको साथ लिई बोक्सी लागेको भन्दै राधालाई निर्घात कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न हुनेहरुविरुद्ध बोक्सी आरोप कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार २०:०२