नेपाल एसबिआई बैंकले घोषणा गर्यो लाभांश
१९ मंसिर, काठमाडौँ । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने घोषणा गरेको हो ।
बैंकले सेयरधनीहरूलाई ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी (कर सहित) कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी ३१औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउने बैंकले जनाएको छ ।
प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार ११:३७