३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

माओवादीको प्रवास संगठनद्वारा बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग

१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग गरेको छ । प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

चेक ग्रहण गर्दै अध्यक्ष दाहालले सहयोगका लागि यूरोप र अष्ट्रेलियाका शाखा समितिलाई धन्यवाद समेत व्यक्त गरे।

अध्यक्ष दाहालले नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको र यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार १०:०९