१९ पुष २०८१, शुक्रबार | Sat Jan 4 2025

उखु लोड भएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु

१८ मंसिर, जनकपुरधाम । धनुषामा उखु लोड भएको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । उक्त घटनामा पर्ने महोत्तरी नगरपालिका – ४ बिर्ताका २८ वर्षीय सुनिल दास रहेका छन् ।

ढल्केबरबाट सिरहा तर्फ जाँदै गरेको ज १ त ४६१६ नम्बरको ट्याक्टर अनियन्त्रित भइ जगदेव पुल नजिक मंगलबार बिहान ९:३० बजेतिर पल्टिएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चालकलाई लालगढ मोडेल हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेका हन् ।

उक्त शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको र थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलवार १३:४४