१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024

नेप्सेमा एक कम्पनिको सेयर मूल्य समायोजन

१६ मंसिर, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको बोनस सेयरमा आइतबार मूल्य समायोजन भएको हो ।

जसमा कम्पनीको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ११४० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य १०६५.४२ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब भोलि सोमबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार १८:२६