२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ


३ फागुन, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले आज नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीले आज दिउँसो ४ बजे सपथ लिने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार १३:०२