४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

पोखराको बाँझो जग्गामा कागतीखेती

१४ मङ्सिर, गण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गर्नुभएको छ ।

गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहनुभएका उहाँले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिनुभयो ।

कागतीखेतीका लागि उहाँले पहाडी क्षेत्र काष्ठफल तथा फलफूूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाउनुभएको छ ।

कार्यक्रमका लागि कुल लागत रु सात लाख ८१ हजार चार सय रहेकामा आयोजनाबाट रु तीन लाख ९० हजार सात सय स्वीकृत अनुुदान रहेको छभने रु तीन लाख ९० हजार सात सय त्रिपाठी स्वयंले व्यहोर्नुहुनेछ । कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उहाँको लक्ष्य छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार ०९:३७