१३ पुष २०८१, शनिबार | Sat Dec 28 2024

जुवामा ५५ करोड कारोबार गरेका सुनिलसँग ७५ वटा बैंक खाता

१२ मंसिर, काठमाडाैँ ।  पाँचथरको मिक्लाजुङ–७ घर भई ललितपुर बस्ने ३७ वर्षीय सुनिल राई पक्राउ परेका छन । अनलाइन जुवामा ५५ करोड कारोबार गरेका सुनिलसँग ७५ वटा बैंक खाता समेत भेटिएको छ ।

अनलाइनमा ५५ करोड बराबरको जुवा तथा सट्टेबाजीको कारोबार गरेको आरोपमा उनी पक्राउ परेका हुन । पाँचथरको राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

dainiki.com

उनको ७५ वटा बैंक खाता र १२८ वटा इ–सेवा वालेट रहेको प्रहरीले जनाएको छ । विभिन्न व्यक्तिको नाममा बैंक खाता तथा इसेवा वालेट खोलेर समेत उनले अवैध कारोबार गर्दै आएका थिए । उनको मोबाइलमा बाइनान्स एप समेत भेटिएको र त्यसमार्फत समेत ६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीबाट ११ वटा नागरिकता, १५ वटा राहदानी र मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार १८:०९