सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घट्यो
११ मंसिर, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुन तोलामा २६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ पनि मंगलबार तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार १०:५७