१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

कांग्रेस र राप्रपाकोटाका तीन राजदूत फिर्ता गर्ने सरकारको निर्णय, फर्किन तीन साताको समय

१२ पुस, काठमाडाैँ । सरकारले विवादित राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । विभिन्न नाममा विवादमा परेका तीन राजदूदालाई फिर्ता गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको हो । उनीहरूलाई नेपाल फर्कन तीन साताको समय दिइएको छ । मन्त्रिपरिषद् बैठकले राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता गर्ने निर्णय गरेको हो ।

भुसाल र सिंह कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत बनेका थिए । देउवाकै पालामा तत्कालीन माओवादी कोटामा नियुक्त तीन राजदूतमध्ये लक्की शेर्पा (अस्ट्रेलिया) विवादमा परेकी छन् उनलार्इ उनकै सहयोगीले विवादित बनाएका हुन ।

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार १४:०६