१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

छवि र शिल्पाको नसकिने चर्चा

१२ पुस,काठमाडाैं । नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझा यी दुइले बिहे गरेर सँगै बस्ने गरेको खबर फैलिएको लामो समय भैसकेको छ । यी दुइले अझै पनि आफूहरुले बिहे नगरेको बताउँदै आएका छन् ।

शिल्पा र छविले बिहेको चर्चालाई चलचित्र चल्ने बेलामा फन्डा मच्चाउने शैलीको रुपमा मात्र प्रयोग गरेको पाइन्छ । शिल्पा र छविको बिषयमा बजारमा अहिले अर्को चर्चा पनि सुरु भएको छ । केहि दिन अगाडि नायिका पोखरेलले जन्मदिन मनाउँदा छवि उपस्थित नभएपछि उनीहरुबिच खटपट भएको खबर फैलिएको छ ।

यतिमात्र होइन, छवि र शिल्पाविच काम गर्ने बिषयमा पनि कुरा नमिल्ने गरेको खबर संचारमाध्यममा सार्वजनिक हुन थालेको छ । छविले शिल्पाका लागि आएको चलचित्रको अफर उनलाई थाहा नै नदिई ‘अस्विकार’ गर्न थालेपछि शिल्पा छविसँग असन्तुष्ट बनेकी छिन् ।

हुन पनि हो, नायिका पोखरेलले गतिला चलचित्रमा काम गर्न सकेकी छैनन् । बक्स अफिसमा उनी अभिनित चलचित्र निरन्तर असफल हुनुको परिणाम यो पनि हो । छविराज ओझाको ब्यानर भन्दा बाहिरी ब्यानरमा शिल्पा सफल हुन नसक्नुको कारण उनले चलचित्र रोज्न नजान्नु पनि हो । छविले भने शिल्पाका लागि आएका राम्रा अफरलाई पनि हुँदैन भन्न थालेको खबर बाहिरिएको हो । यहि कारणले पनि यी दुइमा खटपट भएको वुझिन्छ ।

बिहे र सम्बन्धको खबरको सत्यता बताएर न त छवि र शिल्पा यसलाई एउटा बाटो दिने सोचमा नै छन् न त उनीहरुको यो चर्चा मिडियामा आउन रोकिएको नै छ ।

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार १३:०७