१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

प्रधानमन्त्री ओलीले धरहराको शिलान्यास गरे, ३ अर्ब ४५ करोडको लागतमा २ वर्षभित्रै बन्ने

१२ पुस, काठमाडाैँ । धरहरा पुनर्निर्माणको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान धरहराको शिलान्यास गरेका हुन । धरहराको सिलान्यास हेर्न सयाैँ स्थायनीय समेत उपस्थित भएका थिए । भूकम्पले धरहरा भत्किएको तीन वर्ष ८ महिनापछि पुनर्निर्माणा लागि शिलान्यास भएको हो ।

गएको असोज २४ गतेदेखि जीआईईटीसी रमन जेभी कम्पनीले धरहरा पुनर्निर्माणको काम सुरु गरेको छ । तर औपचारिक शिलन्यास भने अाजमा भएको हो । नयाँ धरहरा बाहिरबाट हेर्दा ११ तला र भित्रबाट भने २२ तलाको हुनेछ ।

भूकम्पले भग्नावशेष बनेको धरहराको बाँकी भागलाई संरक्षण गरी नयाँ भूकम्प प्रतिरोधि सुरक्षित धरहरा बनाउन थालिएको हो । ३ अर्ब ४५ करोड रुपैयाँमा २ वर्षभित्रै सक्ने गरी धरहराको काम थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार ११:५६