सूनको मूल्य तोलामै १५ हजार ९ सय घट्यो, यस्तो छ बजार मूल्य
१० मंसिर, काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुनको मूल्य तोलामै १५ हजार ९ सय घटेको छ । सम्भवत एकै दिन यति धेरै मूल्य घटेको यो पहिलो पटक हो । सोमबार तोलामै १५ हजार ९ सय रूपैयाँले घटेपछि प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको जनाएको छ । यसअघि आइतबार मात्रै सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले सुनको भन्सार दर घटाएपछि त्यसको प्रभाव बजारमा पनि गरेको छ ।
सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेको हो । महासंघका अनुसार सोमबार चाँदि तोलाको १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार १०:४७