जीवन विकास लघुवित्तद्धारा लाभांश घोषणा
९ मंसिर, काठमाडौँ । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।
मंसिर ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रकाशित मिति : ९ मंसिर २०८१, आईतवार ११:४३