रविलाई म्याद थपका लागि कास्की जिल्ला अदालत पुर्याइयो
९ मंसिर, कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले लामिछानेलाई पुनस् म्याद थपका लागि आइतबार बिहान कास्की जिल्ला अदालत पुर्याइएको हो ।
लामिछानेमाथि अनुसन्धान गर्न अदालतले यसअघि कात्तिक २५ गते १३ दिन म्याद थप गरेको थियो । काठमाडौँबाट कात्तिक २ गते पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न प्रहरीले पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय पाएको थियो ।
लामिछानेमाथिको अनुसन्धान बाँकी नै रहेकाले पुनस् म्याद थपका लागि अदालत उपस्थित गराइएको जनाइएको छ । बयानका लागि रविलाई काठमाडौँ झिकाउने तयारी समेत भएको छ ।
उनीमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भइसेकेको छ । रविसँगै पक्राउ पुर्जी जारी भएका छविलाल जोशी र कुमार रम्तेललाई काठमाडौँमा बयान लिएर पोखरा पठाइसकिएको छ ।
शुक्रवार नै म्याद सकिएको भएपनि शनिबार सार्वजनिक बिदा परेकाले आज रविलाई अदालत उपस्थित गराइएको हो ।
प्रकाशित मिति : ९ मंसिर २०८१, आईतवार १०:५५