९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

एलन मस्क विश्वका धनाढ्यको सूचीमा पहिलो स्थानमा, बने इतिहासकै धनी मानव

९ मंसिर, काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचनमा चर्चाको शिखरमा रहेका व्यवसायी एलन मस्क विश्वका धनाढ्यको सूचीमा पहिलो स्थानमा उक्लिनुभएको छ । दोस्रो स्थानमा रहनुभएको ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनको भन्दा ८० अर्ब डलर धेरै सम्पत्ति जोड्दै मस्क पहिलो नम्बरमा उक्लिनुभएको हो ।

विश्व चर्चित स्पेस एक्सल, एक्स र टेस्ला जस्ता कम्पनीको मालिक रहनुभएको मस्क अहिलेसम्मकै सबैधन्दा धनी मानव बन्नुभएको छ । फोर्ब्सले अनलाइन संस्करणमा ब्रेकिङ न्युज दिँदै मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएको बताएको छ ।

dainiki.com

अमेरिकाको राष्ट्रपति निर्वाचनले मस्कको सम्पत्तिमा थप्नमा महत्वपूर्ण योगदान गरेको छ । राष्ट्रपतिमा निर्वाचित हुनुभएको डोनाल्ड जे ट्रम्पको मुख्य अभियन्ता मस्कले चुनाव यतामात्र ७० अर्ब डलर कमाउनुभएको छ । उहाँले एकै दिन सात अर्ब सम्पत्ति जोडेको फोर्ब्सले उल्लेख गरेको छ ।

मस्क ३ खर्ब ३४ अर्ब ३० करोड डलरको मालिक बन्दै विश्वकै सबैभन्दा धनी बनेको फोर्ब्सले जनाएको छ । अमेरिकी रुाष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै उनका कट्टर समर्थक तथा सहयोगी बनेका मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आईतवार १०:२२