प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना
८ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरेका छन् । उनलाई शनिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
प्रधानमन्त्री ओलीले बुवालाई फोक्सोसम्बन्धी समस्या देखिएको जानकारी फेसबुकमार्फत दिएका छन्।
प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्-‘बुवालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।’
बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।
प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार १४:४४