७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

कम्बोडियामा ३२ हजार करोड लगानी रहेको आरोपपछि ओलीले भने– अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल!

७ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो लगानी रहेको भन्नेहरुलाई जवाफ फर्काउनुभएको छ ।

शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आरोपका आरोप लगाउने प्रवृत्ति रहेको उल्लेख गर्दै तथ्य प्रमाणका आधारमा बहस गर्न चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो-‘कम्बोडियामा ३२ हजार करोड (२१ हजार करोड डलर), स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जान सक्नुहुन्न । भन्दिए भो, त्योमात्रै किन भन्ने अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !’यस्ता फाल्तु कुरा गरेर केही फरक पर्दैन ।’

उहाँले अन्य दलका कतिपय नेताहरु सामान्य अवस्थाबाट एकाएक अर्बौँको मालिक भएको भन्दै यसबारे प्रश्न समेत उठाउनुभयो ।

साथै कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लिलता स्वीकार्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको अद्योगतिलाई माथि लैजान एमाले र नेपाली कांग्र्रेसको सहयात्रा गरिएको बताउनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार १६:०९