नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
६ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका हवाई भाडादर घटाएको छ। निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो ।
बिहीबार निगमले एक विज्ञप्ति जारी गर्दै भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडादर घटाउन विशेष निर्देशन दिएपछि सबै सेक्टरमा भाडादरमा छुट दिन थालिएको निगमले जनाएको छ ।
प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १६:५५