बोटलर्स नेपाल (तराई) ले घोषणा गर्यो लाभांश
६ मंसिर, काठमाडौं । बोटलर्स नेपाल तराईले सेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ । उक्त कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यो लाभांश साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने कम्पनीले जनाएको छ । यस कम्पनीले नेपालमा कोकाकोला, फेन्टा, स्प्राइट लगायत पेय पदार्थ उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १२:०९