ओलीले बर्खास्त गर्ने संकेत गरेपछि दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजिनामा
११ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गर्ने तयारी गरेपछि दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजिनामा दिएका छन । बुधबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नेकपाका नेताहरूबिरूद्ध विष वमन गरेका झाले त्यसको केही घण्टामा सञ्चार मन्त्रालयमा राजिनामा बुझाएका हुन ।

नेकपाका ४२ केन्द्रीय सदस्यले हस्ताक्षर अभियाननै चलाएर झा भ्रष्ट रहेको र उनलाई बर्खास्त गर्न पार्टी अध्यक्षहरूलाई माग सहितको ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रपछि ओली र प्रचण्डले सल्लाह गरेर झालाई राजिनामा दिन आग्रह गरेका थिए उनीहरूले राजिनामा नगरे बर्खास्त गर्ने चेतावनी समेत दिएका थिए । नेकपाको जारी स्थायी समिति बैठकमा समेत झालाई बर्खास्त गर्न माग गरिएको थियो ।
प्रकाशित मिति : ११ पुष २०७५, बुधबार १८:४६












