विद्युत् वितरण प्रणालीमा सुधार सुरू
११ पुस, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न शहरी क्षेत्रमा वितरण प्रणाली सुधारको प्रक्रिया अगाडि बढाएको छ ।
पछिल्लो समयमा विद्युत्को माग बढ्दै गएकाले प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता बढेको प्राधिकरणले जनाएको छ । नियमित सुधारका कारण उपत्यका र उपत्यका बाहिरका शहरी क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध आउन सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज एक सूचनामार्फत मर्मतसम्भारका कारण केही स्थानमा विद्युत् कटौती हुन सक्ने जानकारी दिएको छ ।

प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार विभिन्न शहरी क्षेत्रमा विद्युत् वितरण प्रणाली सुधार गर्नका लागि वितरण ट्रान्सफरमरको क्षमता वृद्धि र वितरण लाइन सुधार गर्ने कार्य भइरहेको छ । सो समयमा विद्युत् आपूर्तिमा अवरोध आउन सक्ने भन्दै उहाँले मर्मतसम्भारका कारण हुन सक्ने असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ । प्राधिकरणले कारणवश लामो समयसम्म विद्युत् अवरोध भएमा सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।
प्रकाशित मिति : ११ पुष २०७५, बुधबार १८:३१












