पूर्वसभामुख ढुंगानाको सम्मानमा कांग्रेसले दुई दिन आधा झण्डा झुकाउने
३ मंसिर, काठमाडौँ । दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा नेपाली कांग्रेसले मंसिर ३ र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
ढुंगनाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो ।
बैठकले मंसिर ४ गते अर्थात् मंगलबार (भोली) केन्द्रीय कार्यालय बन्द गर्ने साथै १३ औं दिनमा केन्द्रमा शोकसभाको आयोजना समेत गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार १२:४१