११ पुष २०८१, बिहीबार | Fri Dec 27 2024

सहकारी ठगीको मास्टरमाइन्ड मानिएका रविविरूद्ध काठमाडौँमा पनि पक्राउ पुर्जी

२ मंसिर, काठमाडौँ । सहकारी ठगीको मास्टरमाइन्ड मानिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको विरूद्धमा काठमाडौँ पनि पक्राउ पुर्जी जारी भएको छ । विभिन्न ठगी र राहदानी दुरूपयोगमा समेत विवाद बनेका लामिछानेका विरूद्धमा जिल्ला अदालत काठमाडौँले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि रवि लामिछाने र छविलाल जोशीको विरूद्धमा पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि आइतबार जिल्ला अदालत काठमाडौँका न्ययाधीश शिशिरराज ढकालले इजलाशले पक्राउको अनुमति दिएको हो । यसअघि लामिछानेको विरूद्धमा जिल्ला अदालत रूपन्देहीले पनि पक्राउ अनुमति दिएको थियो ।

त्यो भन्दा अघि नै जिल्ला अदालत कास्कीको अनुमतिले रवि लामिछानेको कात्तिको सुरूमै पक्राउ परेर अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन । लामिछाने, जोशी र गितेन्द्रबाबु राई समेतको समूहले देशका विभिन्न जिल्लाका सहकारी संगठीत रूपमा ठगी गरी बचतकर्ताको रकम अपचलन गरेका छन । यसअघि सर्वोच्च अदालतले समेत लामिछाने गृहमन्त्री रहेकै समयमा उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खोलिदिएको थियो ।

dainiki.com

त्यस्तै लामिछाने लगायतकै सहमतिमा बनेको नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्री सभापति रहेको संसदीय छानविन विशेष समितिको प्रतिवेदनको आधारमा प्रहरीले लामिछाने लगायतका अभियुक्तहरूसँग पक्राउ गरेर वयान लिइरहेको छ । संसदको पूर्ण मतले रवि लाथि कारबाही गर्न सिफारिस गरेको समितिको प्रतिवेदन रवि अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समेत हस्ताक्षर गरेका छन ।

गोर्खा मिडियो नेटवर्कका संस्थापक रहेका रवि, छवि र जिबी मध्ये जिबी भने अझै फरार रहेका छन । उनी मलेसियामा रहेको भनिए पनि अझै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सकेको छैन । कतिपयले भने जिबी पक्राउ पर्दा सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेतादेखि राष्ट्रपतिको कानुनी सल्लाहकार समेत समस्या पर्ने भएकोले भगाइएको आरोप लगाइरहेका छन ।

प्रकाशित मिति : २ मंसिर २०८१, आईतवार १८:१७