कांग्रेस नेताले पैसा खाइदिएपछि धनकुटाका सहकारी पीडित आन्दोलित
२ मङ्सीर, धनकुटा । सहकारीबाट पीडित भएका धनकुटाका बचतकर्ताहरु आन्दोलनमा उत्रेका छन् । जिल्लामा संघर्ष समिति बनाएर उनीहरु आन्दोलनमा उत्रेका हुन । सहकारी संस्था पीडित चन्द्रबहादुर श्रेष्ठ संयोजक, देविमाया बसेल उपसंयोजक र पिडितहरु सदस्य रहेको ५१ सदसीय सहकारी पिडित संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गर्दै जिल्लामा क्रियासिल राजनीतिक दल, माननीय सांसद र पुर्वमन्त्रीहरुलाई ज्ञापन पत्र बझाउने बचत रकम फिर्ता गर्न पहल गर्ने बताएको छ ।
धनकुटामा सञ्चालन भइरहेको हाम्रो कृषि सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम फिर्ता नदिएको विज्ञप्तीमा उल्लेख छ । सहकारीमा वचत गरेको रकम फिर्ता माग्न जाँदा सञ्चालक मन्जु बस्नेत घिमिरे र धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्षसमेत रहेका विकास घिमिरेले फिर्ता नदिएपछि पीडित आन्दोलनमा उत्रेको बताएका छन् ।
सहकारी संस्था पीडितहरुले धनकुटा नगरपालिकाको सहकारी विभागमा वचत फिर्ताको लागि उजुरी दर्ता गरेका थिए । उक्त उजुरीको आधारमा धनकुटा नगर कार्यपालिकाको २०८१ असार ९ गतेको बैठकले निर्णय गरि थप अनुसन्धान र कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयमा सिफारिस गरेको थियो । तर उजुरीको फायल जिल्ला प्रहरी कार्यालयमा पठाएको पाँच महिना विति सक्दा पनि जिल्ला प्रहरी कार्यालय धनकुटाले कार्वाहीको प्रक्रिया नबढाएको सहकारी पीडित संघर्ष समितिका संयोजक चन्द्रबहादुर श्रेष्ठले बताए ।
प्रकाशित मिति : २ मंसिर २०८१, आईतवार १७:४९