६ मंसिर २०८१, बिहीबार | Thu Nov 21 2024

कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनित

२९ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनयन गरिएको छ ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहनुभएको उक्त विभागमा आज १० सदस्य मनोयन गर्नुभएको हो ।

मनोनयन हुनेमा रामकृष्ण लकान्द्री (तेह्रथुम), दीपक सोनी (दैलेख), कलावती पासवान (बारा), विपेन्द्र रामुदामु (चितवन), कुमार टेलर (डोटी), शान्ता सुनार (धादिङ), प्रकाश घतानी (काठमाडौँ), सुनिल बुढाथोकी (पाल्पा), कुमारी सार्की (कैलाली) र केदार गान्धारी (गोरखा) रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार १९:५१