सरकारलाई सफल बनाउन जारी स्थायी समिति बैठक ऐतिहासिकः प्रचण्ड
११ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको बुधबार जवाफ दिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बुधवार बसेको बैठकमा प्रचण्डले सदस्यहरुका प्रश्न र जिज्ञासाको जवाफ दिएका हुन् ।
प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउनका लागि जारी स्थायी समिति बैठक ऐतिहासिक भएको बताए । साथै वामदेव गाैतमको फरक मत समेतलार्इ समेटेर प्रतिवेदन पारित गर्ने बताएका छन । एक स्थायी समिति सदस्यका अनुसार प्रचण्डले राजनीतिक प्रस्ताव परिमार्जनको प्रस्ताव गरेका थिए । उनले सरकारका कामबाट पूरै सन्तुष्टि लिने अवस्था नभएपनि सरकारले सही दिशामा काम गरिरहेको बताए ।
स्थायी कमिटी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि जवाफ दिने कार्यक्रम छ । भोलि दिउँसो ३ बजे बस्ने बैठकमा अोलीले जवाफ दिएपछि प्रतिवेदन पारित हुनेछ ।
यस्तो छ अध्यद्धयको राजनीतिक प्रतिवेदन
प्रकाशित मिति : ११ पुष २०७५, बुधबार १२:०९